
काठमाडौं, माघ २७ । पछिल्लो २४ घण्टामा देशभर १३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।
त्यस्तै, बिहीबार २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्