
web pic
काठमाडौं, माघ २७ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । घाइते भएकाहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्