१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द


377
Shares

काठमाडौं, माघ २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोड रुपैयाँभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ ।

मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले ३८ करोड १० लाख बराबर रोयल्टी तिर्नुपर्ने देखिएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटलले नतिरेका कारण पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । वि.सं २०६७ भदौ २० गते मिनी क्यासिनोको अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।