१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीमा रगत निःशुल्क, परीक्षण शुल्क प्रदेश सरकारले ब्योहोरने


65
Shares

पोखरा, माघ २८ । गण्डकी प्रदेश सरकारले रगतका लागि अब रकम तिर्नु नपर्ने जनाएको छ ।

रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै ब्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने प्रवक्ता खड्काको भनाइ छ । रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरीने छ । सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८ गत सोमबारको मन्त्रिपरिषदबाट पारित भएको थियो । कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रुपमा गर्नुपर्ने उल्लेख गरिएको छ ।