१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाममा फागुन ७ गतेदेखि प्रथम देउमाई गोल्डपकप हुने


689
Shares

इलाम । इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ ।

खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबद्र्धन तथा ग्रामिण क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उदेश्यका गोल्डकपको आयोजना गरीएको हो । शनिबार पत्रकार सम्मेलन गरी आउँदो फागुन ७ गतेदेखि १४ गतेसम्म गोल्डकप हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिनुभयो ।

युनाइटेड देउमाई युथ क्लब देउमाई नगरपालिकाले गोल्डकपको आयोजना गर्न लागेको हो । स्थानीय १६ जना युवाको सक्रियतामा दुई महिना अघि मात्र स्थापित सो क्लबले भानुभक्त माविको छात्राबास खेल मैदानमा प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा जिल्ला बाहिरका तीन सहित ८ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै विधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड र स्ट्राइकरले जनहि ३-३ हजार रुपैंयाँ पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी ५ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

क्वार्टर फाईनलका खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाईनलका खेलमा २ हजार र फाईनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिनुभयो।

प्रतियोगितामा जिल्ला भित्रका ओएसिस क्लब इलाम, आयोजक, हेलिबोथ एफसि बिब्ल्याँटे, पशुपति गण इलाम र भेनस एफसि फिक्कल रहेको छ भने जिल्ला बाहिरका टिममा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसि बेलबारी र फिदिम स्पोटिङ्ग क्लब पाँचथर भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।