११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ


0
Shares

काठमाडौं, फागुन ११ । टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु. ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आज वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ ।

उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । रासस