११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


किर्तिपुरमा संचालीत बालगृहबाट सात जना बालबालिकाको उद्धार


0
Shares

काठमाडौं, फागुन ११ । किर्तिपुरको न्यु नेपाल कम्युनिटी सर्भिस नामक बालगृहबाट सात जना बालबालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बालअधिकार परिषद र बालबालिका खोज तलास समन्वय केन्द्रको टोलीले बालगृहमा छापा मारी दैलेख, जाजरकोट र मुगुबाट ल्याएर राखिएका बालबालिकाको उद्धार गरेको हो ।

अनुगमनबाट बालगृहले न्युनतम् मापदण्ड समेत पूरा नगरेको पाईएपछि छापा मारिएको हो । सरु गुरुङले दर्ता समेत नगरी संचालन गर्दै आएको बालगृह खुला ठाउँमा रहेको र सुरक्षाको दृष्टीले निकै कमजोर रहेको जनाइएको छ ।

अष्ट्रेलियामा रहेका कुनै दाताले आफू खुशी रकम खर्च गरी सहयोग गर्ने गरेको सञ्चालकले दाबी गरे पनि क्यामरामा भने बोल्न चाहेनन् । उद्धारका क्रममा बालबालिकामा रुवाबासी चलेको थियो । उनीहरुलाई कोकन नामको संस्थामा राखिएको छ ।