११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रश्नपत्र बाहिरिएपछि एमडी/एमएसको परीक्षा रद्ध


0
Shares

काठमाडौं, फागुन ११ । प्रश्नपत्र बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तह अन्र्तगतको एमडी/एमएसको परीक्षा रद्ध भएको छ ।

प्रतिष्ठानले शनिबार अमरदिप नमुना सामुदायिक विद्यालयमा सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र बाहिरिए पछि परीक्षा रद्ध गरिएको हो ।

प्रतिष्ठानले आइतबार विज्ञप्ती जारी गर्दै परीक्षा रद्ध भएको जनाएको छ ।

शनिबार दुई बजे सञ्चालन हुने भनिएको परीक्षा डेढ घण्टा ढिलो सञ्चालन भए पछि विद्यार्थीहरुले प्रश्न पत्र वाहिरिएको भन्दै परीक्षा वहिष्कार गरेका थिए । विद्यार्थीहरुको आन्दोलन बढे पछि प्रतिष्ठानले आईतबार विज्ञप्ती मार्फत परीक्षा रद्ध गरिएको जनाएको हो ।