१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिबियामा नेपाल एयरलाइन्सको चार्टर्ड उडान


234
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ ।

शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।

निगमको वाइडबडी ए–३३० जहाजले शनिबार विहान २ः५५ बजे काठमाडौंबाट त्रिपोलीका लागि उडान भरेको हो ।जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौं फर्किने निगमले जनाएको छ ।

निगमले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान तीन अफ्रिकी मुलुकमा साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।