
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेले १५औं संस्करणको इन्डियन प्रिमियर लिगको अक्सनमा अनसोल्ड भएका छन् ।
शनिबार अबेर रातिसम्म चलेको अक्सनमा कुनै पनि टीमले आबद्ध गर्न नचाहेपछि लामिछाने अनसोल्ड भएका हुन् । अनसोल्ड भएसँगै ४० लाख रुपैयाँको ‘बेस प्राइस’ रहेका लामिछानले यसपटकको आईपीएल पनि खेल्न नपाउने भएका छन् ।
गतवर्षको आईपीएल अक्सनमा पनि लामिछाने कुनै टीमको रोजाइमा परेका थिएनन् । त्यसअघिका तीन वर्ष भने उनी दिल्ली क्यापिटलमा आबद्ध भएर आईपीएल खेलेका थिए ।
आईपीएलको अक्सनका लागि नेपालबाट १५ खेलाडीले आवेदन दिएका थिए । तर, आईपीएलले अक्सनको अन्तिम सूचीमा भने सन्दीपको मात्र नाम समावेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्