२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्य अलपत्र


65
Shares

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकको स्तरोउन्नतिको काम अलपत्र परेको छ ।

सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले कामदारलाई भुक्त्तानी गर्नुपर्ने रकम नदिई सम्पर्क बिहीन भएपछि कामदारले काम छोडेर हिडेपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको काम अलपत्र परेको हो ।

सडक स्तरोउन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभी सम्पर्कले करिब डेढ महिना अघि योजनासँग भुक्त्तानी लिई सकेको र अहिले भुक्त्तानी नदिई सम्पर्क बिहीन भएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाको कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी एक साताभित्र सम्पर्कमा आउन सूचना समेत जारी गरिएको योजना प्रमुख निर शाक्यले बताउनुभयो ।

ठेकेदार कम्पनीसँग सम्झौता भएयता सडक योजनाले हालसम्म ४ पटक पत्र पठाएर निर्धारित समयमा काम सक्न ताकेता गरिसकेको छ ।
वि.स.२०७९ पुस ३० गतेसम्ममा सो सडकको स्तरोउन्नति सम्पन्न गर्ने उदेश्यका साथ श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले वि.स.२०७७ साल साउन १ गते ठेक्का लिएको थियो । ठेक्का सम्झौता अवधि अब ११ महिना बाँकी रहेको छ ।

हालसम्म भौतिक प्रगति २३ प्रतिशत मात्रै भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढी सडक योजनाले जनाएको छ । मुख्य ठेकेदारले काम गरेको पैसा नदिए पछि पेटी ठेकेदारले समेत काम रोकेकोले अहिले सडक निमार्ण स्थलमा कामदार नै छैनन् ।