३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ए डिभिजन लिग : हिमालयन शेर्पा र एनआरटी बराबरीमा


52
Shares

काठमाडौं, फागुन १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । यस बराबरीसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ ।

एनआरटी लिगको सातौं स्थान रहेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

एपीएफ ९ खेल १० अंक जोडेर नवौं स्थानमा रहेको छ । संकटालाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा रहेको छ ।

संकटा ९ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । आज संकटा एपीएफलाई स्तब्ध बनाउदै शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।