
web pic
कपिलवस्तु, फागुन १ । सवारी दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।
बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना घाइते भएका छन् । पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश नं २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर र लु ३२ प ४७८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्