
जनकपुर, फागुन १ । जनयुद्ध दिवसको अवसरमा जनकपुरमा गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्याधिशमाथि लगाइएको महाअभियोग प्रस्तावले गठबन्धन नफुटने दाबी गर्नुभएको छ ।
मधेश प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिकै आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले न्यायालय क्षेत्रलाई लामो समयसम्म अन्यौलग्रस्त अवस्थामा राख्न नहुने भएकाले त्यसलाई निकास दिन गठबन्धन प्रधानन्यायधिश विरुद्ध महाअभियोग लगाउन हमत भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्