६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सभामुख सापकोटा विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी,सर्वदलीय बैठक बहिस्कार


2.197k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमाले सभामुखले सोमबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ । सो सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने नेकपा एमालेका नेता शेरबहादुर तामाङले इमेजखबरलाई जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

तामाङले सभामुखको भूमिकाप्रति एमालेले प्रश्न उठाउँदै आएकाले उहाँले बोलाएको बैठकमा सहभागी नहुने बताउनुभयो । तामाङले सभामुख सापकोटा बिरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको पनि संकेत गर्नु भएको छ । त्यसका लागि एमालेले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्नथालेको छ ।

एमालेको संसदीय दलको बैठक आज बस्दैछ । त्यही बैठकले सभामुख सापकोटा विरुद्ध महाअभियोगको प्रस्ताव बारे छलफल गर्नेछ । एमालेको आइतबार बेलुका बसेको सचिवालय बैठकले प्रधानन्यायाधीश राणा बिरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेकोप्रति आपत्ति जनाउदैं त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश राणा विरुद्ध आइतबार संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।