
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिका र अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।
बैठक मंगलबार बिहान ९ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । यसअघि गत शुक्रबार कांग्रेसले काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना सांसदहरुलाई अनिवार्य काठमाडौं फर्कन निर्देशन दिएको थियो ।
सत्तारुढ गठबनधनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
त्यस्तै, सत्ता साझेदार दलको सहमतिबिना पनि प्रधानमन्त्री शेरबहादुर देउवा संसदको आगामी बैठकमा एमसीसी सम्झौता टेलब गर्ने मनस्थितिमा हुनुहन्छ ।
प्रतिक्रिया दिनुहोस्