१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


143
Shares

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो ।

६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ ।

स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो ।