
भैरहवा, फागुन २ । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको कार्यक्रममा उहाँहरु एमालेमा प्रवेश गर्नु भएको हो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित हुनुभएको थियो ।
त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गर्नु भएको छ । ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
उहाँहरुलाई एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले पार्टीमा प्रवेश गराउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्