
चितवन, फागुन २ । चितवन जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।
भरतपुर महानगरपालिका ३३ हजार ५८५, खैरहनी ५३५, माडी तीन हजार ११४, रत्ननगर आठ हजार ७१६ र राप्तीमा चार हजार ९२७ ले खोप लगाएका छन् । यसैगरी कालिका नगरपालिका तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २ सय बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्