
काठमाडौं । सुडानमा सैन्य ‘कु ‘को बिरोधमा भएको प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
राजधानी खार्तुममा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएको हो। खार्तुम र ओमरदुरमान शहरमा एक साथ भेला भएका प्रदर्शनकारीहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले सैनिक शासन बिरुद्ध नाराबाजी गर्नुका साथै हिरासतमा लिईएका प्रदर्शनकारीहरुको रिहाईको माग गरिरहेका छन् । सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरेपछि राजनीतिक अस्थिरता बढेको हो ।
नागरिक सरकारसँग सत्ता बाँडफाँड गरिरहेको सेनाले गत वर्ष एकलौटी रुपले शासन हातमा लिएपछि लगातार प्रदर्शन भईरहेको छ । यसैबीच संयुक्त राष्ट्रसंघले सुडानको सैनिक ‘कु’का बिषयमा सुडानी सेनासंग तत्काल वार्ता गर्ने जनाएको छ ।
सुडानमा गत वर्षदेखि सुरु भएको सेनाविरुद्धको प्रदर्शनमा हालसम्म ७८ जना मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्