१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


156
Shares

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,राती भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।