१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बुधबारको बैठकमा एमसीसी पेश हुनसक्छ : नेता कोइराला


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुनसक्ने बताउनुभएको छ ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताउनुभएको हो ।उहाँले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।

नेता कोइरालाले एमसीसीको रुपरेखाहरू नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताउनुभयो ।

‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो, ९ वटा देशमा त्यस्तै कार्यक्रम चलिरहेको छ, त्यहाँ अमेरिकी सेनाहरू आएका छैनन्,’ उहाँले भन्नुभयो, ‘यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ, भोलिको बैठकमा पेश हुनसक्ने सम्भावना छ । बैठकको निष्कर्ष निस्किसकेको छैन, तर एमसीसी पास गर्नुपर्छ भन्ने कुरा हो ।’