
सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ बेनी स्थित फेरामा सकेट बम भेटिएको छ ।
स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि प्रशासनलाई खबर गरेका हुन् । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ ।
फेरामा सल्लेरीबाट प्रहरी र नेपाली सेनाको टोली पुगेको छ भने बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।
द्वन्द्वकालीन समयमा लुकाइएको बम फेला परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्