
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा विदेशी सहयोग ल्याउने कुरामा कडाइ गरिनुपर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा विदेशी संघसंस्था तथा सरकारबाट लिइने सहयोगमा कडाइ गरिनुपर्ने बताउनुभयो ।
यद्यपि विदेशी सहयोग लिँदै लिन्न भनेर बढी क्रान्तिकारी हुनपनि नहुने उहाँको तर्क छ ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पारित गरेर पठाएका विधेयक प्रतिनिधिसभामा वर्षौंदेखि रोकिएर रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभामा यसरी विधेयकहरू रोकिएको सम्बन्धमा सम्बन्धित मन्त्रालयले प्रतिनिधिसभालाई घच्घचाउनुपर्ने बताउनुभयो ।
आगामी एक वर्ष चुनावी वर्ष हुने भएकाले प्रतिनिधिसभाले विधेयक पारित गर्न नसक्ने हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । छलफलका क्रममा विधेयक सार्वजनिक हुँदा सरोकारवालाले सुझाव दिनसक्ने र विधेयक सुधारिएर आउने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्