२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूची अटेन एमसीसी


806
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

बुधबार विहान साढे ११ बजेका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको संसद सचिवालयले जनाएको छ । बुधबार दिउँसाे १ बजेका लागि प्रतिनिधिसभाकाे बैठक बाेलाइएकाे छ ।

बैठकअघि मंगलबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने विषय छ ।

यस्तै, पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको मृत्यु भएकोमा शोक प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचि डा. भरतराज गौतमले जानकारी दिनुभयो ।