२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


130
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले फागुन ४ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सार्वजनिक बिदामा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ/संस्था शिक्षण संस्थासमेतमा सार्वजनिक बिदा हुने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।