
कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले बाख्रापालन अनुदान पाउने सूचीमा पत्नी र नजिकका नातेदारको नाम राख्नुभएको छ ।
सुदूूरपश्चिम प्रदेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुुपन्छी विकास कार्यक्रम अन्तर्गत बाख्रापालन कार्यक्रमको ३० लाख रुपैयाँ अनुदान मेयर चौधरीकी पत्नी र नजिकका व्यक्तिलाई दिने तयारी गर्नुभएको हो ।
कार्यक्रमको अनुदानका लागि वडा कार्यालयमार्फत गत कात्तिक ८ गते २ सय ७९ जनाले आवेदन दिएका थिए । जसमध्ये २५ जना अनुदानका लागि छनोट भएका छन् ।
२५ जनाभित्र मेयर चौधरीकी पत्नी सुुस्मिता चौधरी, उनका स्वकीय सचिव जयबहादुर कुँवरकी आमा धनमति कुँवर, भाउजु बिस्नादेवी कुँवर, पूर्वस्वकीय सचिव (हाल नगरपालिकाको कम्प्युुटर अपरेटर) रविलाल डगौरा, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दीपा चौधरी, वडा कमिटी अध्यक्ष लछु राना, उनका भतिजा कन्नार राना, नगर कमिटी सदस्य इन्द्रा कुँवर पनि अटाएका छन् ।
बेलौरी नगरपालिकाका ट्याक्टर चालक हरिदास चौधरी, वडा नम्बर ५ को कार्यालय सञ्चालन भइरहेको घरका घरबेटी कल्यानसिंह पाल र गत वर्षसमेत अनुदान पाएका बालकुमार पोखरेल पनि अनुदान पाउनेको सूचीमा रहेको स्थानीय बुद्धिराम चौधरीले जानकारी दिनुभयो ।
भेटनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले जारी गरेको सूचनामा व्यवसायिक किसानलाई अनुुदान दिने उल्लेख छ । तर, एउटासमेत बाख्रा नपालेकाहरू पनि अनुदान पाउनेको सूचीमा रहेका स्थानीय किसानहरूको गुनासो छ ।
वास्तविक किसानलाई वञ्चित गरेर जनप्रतिनिधिले आफ्ना आसेपासेलाई अनुदान दिलाएको भन्दै उनीहरूले विरोध गरेका छन् । पहुुँचका भरमा अनुुदान वितरण गर्न खोज्नुु गलत भएको भन्दै सच्याउनसमेत उनीहरूको माग छ ।
वडाध्यक्ष साइतुकुुमार चौधरीले भने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुरोधका आधारमा आवेदन संकलन गरिएको गरेको बताउनुभयो । तर, लाभग्राही छनोटमा त्रुटी भएको स्वीकार्दै सच्याउनुपर्नेमा उहाँ पनि सहमत हुनुहुन्छ ।
वडाध्यक्ष नभएका बेला निमित्त वडाध्यक्षको जिम्मेवारीमा रहेका कृपाराम चौधरीले लाभग्राही छनोट गरेर सूची पठाएको पाइएको छ । बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले भने लाभग्राही वडा कार्यालय र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छनोट गरेको भन्दै पन्छिन खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस्