
फाइल तस्बिर
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युरोपमा युद्ध नचाहेको दावी गर्नुभएको छ ।
युक्रेनी सीमामा तैनाथ रुसी सेना आंशिक रुपमा आफ्नो क्याम्पमा फर्किएकै दिन जर्मन चान्सलर ओलफ सोल्जसँगको वार्तापछि पुटिनले आफूले युरोपमा युद्ध नचाहेको प्रष्ट पार्नुभयो ।
तर उहाँले नेटोसँग युक्रेनको सम्बन्धको विषय भने पूर्ण रुपमा समाधान हुनुपर्ने शर्त पनि दोहोर्याउनुभयो । आफूलाई पश्चिमा शक्तिहरुले रुसका छिमेकीहरु निकट भविष्यमा ट्रान्सएटलान्टिक सैन्य अभ्यासमा सहभागी नहुने बचन दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– त्यत्ति मात्रैले ढुक्क हुन सकिंदैन ।
हामीले युरोपमा युद्ध चाहन्छौं त ? पक्कै चाहँदैनौं भन्दै उहाँले भन्नुभयो–त्यसो हो भने रुसका चासाको पनि सुनुवाई हुनुपर्दछ।
प्रतिक्रिया दिनुहोस्