३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


इलाम कांग्रेसले गर्‍यो किरात धर्मगुरु लिङदेनलाई अभिनन्दन


390
Shares

इलाम । नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ ।

मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका–५ स्थित लारुम्बामा गएर अभिनन्दन गरको हो ।

धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । सभापति खड्काले ‘नेपाली कांग्रेस’ लेखिएको बहुमुल्य धातुको ब्याज धर्मगुरु र धर्मुगुरुपत्नीलाई लगाईदिएर सम्मान गरेका थिए ।

विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियानमा संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको सभापति खड्काले बताउनुभयो । उहाँले माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ जन्मिएका धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनुभएको छ । उहाँलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।