
तस्विर फाइल
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनुभएको छ ।
उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उहाँको तर्कछ ।
उहाँले लेख्नु भएको छ, मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन सरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन।भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो हुने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्