
बैतडी । एमसीसीको विरुद्धमा रहेका पाँच राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेकोछ ।
सो बन्दले गर्दा यहाँको जनजीवन समेत प्रभावित भएको हो ।बुधबार बिहानैदेखि बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सवारी साधन चल्न सकेका छैनन् । त्यसका साथै बजार तथा शैक्षिक संस्थापनि बन्द रहेका छन् । विद्यालय गएका विद्यार्थीहरु बन्द भएपछि घर फर्किएका छन् ।
लामो तथा छोटो दुरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु समेत समस्यामा परेका छन् ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बन्दको प्रभाव पनि परेको बताउनुभयो ।
नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसकेको उहाँले बताउनुभयो । बजारहरु पनि बन्द रहेको,बीचबाटोमा रोकिएकालाई स्कटिङ गरेर पठाइने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ ।
नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्