
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
बुधबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् ।
उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, संसदीय मर्यादा कायम गर्नुपर्ने र आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन् ।
पार्टीले कारबाही गरेका १४ सांसदबारे सभामुख सापकोटाले सूचना टाँस नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।
एमालेले कारबाही गरेको सूचना टाँस गर्न या मार्गप्रशस्त गर्न विकल्प दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्