
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अवरोधकैबीच संसद बैठक सञ्चालन गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायम गरे पनि सभामुख सापकोटाले बैठक सञ्चालन गर्नुभएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको प्रतिवेदन पेश गर्नुभएको थियो ।
यस्तै, बैठकमा पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
शोक प्रस्ताव पढेको समयमा एमालेले नाराबाजी नगरेको एमालेले शोक प्रस्ताव सकिनेबित्तिकै नाराबाजी कायम गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्