
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेल अगावैमच्छिन्द्र फुटबल क्लबले उचालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो ।
उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ ।
दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको भने २० अंक छ । मनाङले तीनवटै खेल जिते पनि गोलअन्तरका आधारमा मच्छिन्द्रले उपाधि जित्ने पक्का भएको हो ।
प्रतिक्रिया दिनुहोस्