
काठमाडौं, फागुन ४ । देशभर पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनामा कोरोना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार १६०० जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्