२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवाको गृह जिल्लामै कांग्रेस फुट्यो, नेपाली कांग्रेस (वीपी) गठन

‘नेपाली कांग्रेस, डडेल्धुरा ठेकेदारको पार्टी भइसक्यो’

4.004k
Shares

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसमा विभाजित भएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मानेर इतर समूहले नेपाली कांग्रेस(वीपी) गठन गर्दै जिल्ला संयोजक तोकेको छ ।

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले देउवाकै गृह गाउँपालिका गन्यापधुरा–४ स्थायी ठेगाना भएका तिलक हमाललाई संयोजकको जिम्मेवारी दिनुभएको हो ।

नेपाली कांग्रेस डडेल्धुरा ठेकेदारको पार्टी भइसकेकोले कांग्रेस छोडेको र व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थालेकोमा वीपीको समाजवाद बचाउन नेपाली कांग्रेस (वीपी)मा समाहित उपसभापति ढकालले बताउनुभयो ।

कांग्रेसको १४औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको र क्रियाशील सदस्यतामा धाँदली गरेको विषयमा असन्तुष्ट रहेका हमाल नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य हुन् ।