
काठमाडौं, फागुन ४ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् ।
अपराध अनुसन्धान महाशाखा बानेश्वरको टोलीले उनीहरुलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताउनुभयो । उनीहरुबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१६ नयाँ बजार मेडिकल चोक एरियामा केहि व्यक्तिहरुले नेपाली नक्कली नोटको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानबाट १ हजार दरका २ सय ९४ थान २ लाख ९४ हजार नक्कली नेपाली नोट सहित ४ जनालाई पक्राउ गरेको छ ।
थप अनुसन्धान भई रहेको अपराध महासाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्