
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनलाई बचाउन जोड दिइरहेको बताउनुभएको छ ।
बिहीबर सत्तारुढ गठबन्धनको बैठकअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै उहाँले गठबन्धनलाई बचाउन जोड दिएको बताउनुभएको हो ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताइएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीबारे निकास निकाल्ने अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्