
काठमाडौं । आगामी तीन महिनामा मूल्य वृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले यस्तो देखाएको हो ।
सर्वेक्षणमा सहभागी उत्तरदाताले आउँदो तीन महिनाभित्र मूल्य वृद्धिदर आठ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुनसक्ने अनुमान गरेको छ ।
यद्यपि हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ ।
यसअघि राष्ट्र बैंकले तीन महिनामा १० दशमलव ६ प्रतिशत र एक वर्षमा ११ दशमलव ३ प्रतिशतले मूल्य वृद्धि हुन सक्ने अनुमान गरेका थियो ।
आगामी तीन महिनामा अन्न, दाल, घ्यू, दूध, माछामासुको मूल्यमा असोजमा गरिएको प्रक्षेपणभन्दा वृद्धि हुने, तर घरजग्गाको मूल्य घट्ने अनुमान गरेका छन् ।
होटेल तथा रेस्टुरेन्टमा हुने मूल्य वृद्धि पनि असोजमा गरिएको प्रक्षेपणभन्दा आगामी तीन महिनाका लागि गरिएको प्रक्षेपण कम हुने सर्वसाधारणको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्