
काभ्रे । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काउसोको संज्ञा दिनुभएको छ ।
प्रचण्डलाई जसले बोक्यो उसलाई चिलाउन सुरु हुने उहाँको तर्क थियो ।
धुलिखेल नगरपालिकाको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रचण्डकै कारण तत्कालिन केपी ओली नेतृत्वको सरकारले राम्रोसँग काम गर्न नपाएको र अहिले गठबन्धनमा पनि त्यहि देखिएको बताउनुभयो ।
एमसीसीका विषयमा अमेरिकालाई लेखेको पत्रका विषयमा प्रचण्डले आम नागरिकलाई स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा एमाले नेता बास्कोटाले अदालतले राजनीति सुरु गरेको आरोपसमेत लगाउनुभयो । अदालतको राजनीति गर्नु दुर्भाग्यपूर्ण खेल भएको उहाँको भनाइ थियो । न्यायाधीशलाई राजनीति नगरी न्याय सम्पादन गर्न उहाँको सुझाव थियो ।
प्रतिक्रिया दिनुहोस्