
काठमाडौं । सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी नेपालमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना–२०२१–२६ सर्वजनिक गरिएको हो ।
रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या सचिव देवीकुमारी गुरागाईंले २०३० सम्म नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यल रणनीतिक योजना ल्याएको बताउनुभयो ।
योजनाले एचआईभी सम्बन्धि सेवामा समावेशी, समतामूलक तथा पहुँच योग्य बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
रणनीतिक योजनाको लक्ष्य पूरा गर्न दातृ निकायको समेत निरन्तर सहयोग आवश्यकता रहेको उहाँको भनाइ छ ।
रणनीतिक योजनाको कार्यान्वयनपछि मुख्य गरी नयाँ एचआईभी संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्यमा सुधार, एचआईभी संक्रमण न्युनिकरणमा उल्लेख्य परिवर्तन आउनको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्