
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले बैठक बसिरहेको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।
सभामुख सापकोटाको भूमिका प्रति प्रश्न उठाउँदै लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दे आएको छ । बैठकमा प्रतिनिधि सभाको शुक्रबार १ बजे बस्ने बैठकको कार्यसूचि र संसद कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्