
काठमाडौं, फागुन १४ । शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ ।
एक महिना भन्दा लामो समयदेखि निरन्तर बुलिस बन्दै आएको बजारमा बुधबार झण्डै ५१ अंकले बढेर नेप्से १५९६ माथि पुगेको छ ।
यस्तै नेप्सेको ईतिहासमै कारोबारमा पनि नयाँ रेकर्ड कायम भएको छ । बुधरबार ४ अर्ब १५ करोड रुपैयाँमा १ सय ८० वटा कम्पनीका ९९ लाख कित्ता शेयर कारोबार भएको छ ।
यसदिन कारोबार भएका सबै समुह उकालो लागेका छन् । जीवन बिमा समुह सवैभन्दा बढी ५ सय ७१ अंकले बढेको छ भने निर्जिवन बिमा समुह २ सय ३३ अंकले बढेको छ ।
उत्पादन समुहमा १ सय ४२ अंकको सुधार आउँदा होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त समुह र अन्य समूहमा पनि दोहोरो अंकको वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्