
झापा। झापाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने काममा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरिएकोछ।
उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका–२ का सुमन कुमार कार्की, कन्काई नगरपालिका–३ का भीष्म थापा, दमक नगरपालिका–९ का देवी बाँस्कोटा, कन्काई नगरपालिका–३ का यमदत्त सिटौला छन् ।
त्यस्तै शिवसताक्षी नगरपालिका–१ का सरूण लिम्बु, गौरीगन्ज गाउँपालिका–३ का अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका–५ का प्रदिप थापा, गौरीगन्ज गाउँपालिका–३ का विजय कुमार दास रहेकाछन् ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्