
web pic
काठमाडौं । धादिङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
जिल्लाको सिद्धलेक गाउँपालिका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५० वर्षीया मुक्ति प्रसाद सिग्देलको मृत्यु भएको हो ।
नालाङबाट फुर्केखोला तर्फ जाँदै गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेका खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्