
एजेन्सी । भारत एक अदालतले गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विष्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
विष्फोट गराएको आरोपमा करिब ८० आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
सन् २००८ को २६ जुलाईमा भएका विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो । ७० मिनेटको अन्तरालमा भएका २१ ओटा विष्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए ।
घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।
यही ८ फेब्रुबरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्