
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ ।
फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो ।
विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले पनि वर्तमान राजनैतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण बैठक सार्नुपरेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
यसअघि पनि विभिन्न कारण देखाएर पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्