
कैलाली, फागुन १४ । थ्रीस्टार क्लव खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाईनल खेलमा जित हात पार्दै थ्रीस्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो चरणमा बाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृति क्लवलाई २–० ले हराएको हो ।
थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो ।
खेलको म्यान अफ दि म्याच थ्रीस्टारका कप्तान विक्रम लामा भए ।
थ्रीस्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्