
काभ्रे । जिल्ला निर्वाचन कार्यालयले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी स्ुरु गरेको छ ।
धुलिखेलमा निर्वाचन सन्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरि कार्यालयले पछिल्ला गतिविधिबारे जानकारी गराएको हो ।
जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन सम्बन्धी एकिकृत सुरक्षा कार्ययोजना तयार पारेको बताउनुभयो ।
सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् ।
काभ्रेमा मतदाताको सख्या करिव ३ लाख पुग्ने निर्वाचन कार्यालयले अनुमान गरेको छ । अहिले निर्वाचन आयोगमा फोटो सहितको नामावली दर्ता गर्ने मतदाताहरु अद्यावधिक गर्ने कार्य भईरहेको छ ।
सहभागीहरुले भने मृत्यु भएकाहरूको नाम सूचीबाट हटाउन, निश्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाउन ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्