१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


भारतको युनाईटेड कर्साङ फुटवल क्लवलाई पराजित गर्दै मनाङ फाइनलमा


0
Shares

सुनसरी, फागुन १४ । मनाङ मस्र्याङदी क्लव सुनसरीको धरानमा जारी २२ औं बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार धरान रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा भारतको युनाईटेड कर्साङ फुटवल क्लवलाई २–० ले पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।

मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक/एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच कर्साङका असिस देवान घभए ।

जित संगै मनाङले उपाधिका लागि नेपाल पुलिस क्लव र मच्छिन्द्र क्लव बीचको विजेतासँग फाइनल खेलमा प्रतिष्पर्धा गर्नेछ ।